मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका कारण स्थानीय बजार बन्द भएपछि सोलुखुम्बुमा व्यावसायिक कुखुरापालक किसान समस्यामा परेका छन् ।
स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या ८४ पुगिसकेको छ । जिल्लाभर १ हजार ८ सय ६० संक्रमित रहेका छन् ।
शुक्रबार राष्ट्रिय सभा सदस्यको रूपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भए पनि संसदलाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने
कोरोना संक्रमणका बिरामीको चाप बढ्दै गएपछि विभिन्न संघ–संस्थाहरूको सहयोगमा अक्सिजन आपूर्तिका कारण उपचारमा सहज हुँदै आएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।
काठेपुल बग्दा मनाङसँगको यातायात सञ्जाल पूर्ण रूपमा विच्छेद भएको छ । मर्स्याङ्दीमा पानीको बहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत भनिएकाे छ ।
न्यायधीश श्रेष्ठले कट्टेलले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपा एमाले र नेकपा माओवादीको एकतलाई शून्यमा पुर्याउनुभएको थियो । उक्त फैसला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा भएको चर्चा छ ।
समितिको बैठकले सिफारिस गरेअनुसार जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बिने बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापिएर मृत्यु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो ।
सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।