यस्तै, अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बाटो बाट नभइ राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सकिने तर्क गर्नुभयो ।
मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।
शुक्रबार दिउँसो अरुण भ्याली हाइड्रोपावरमा काम गर्न निस्किएका दाहाल कार्यालय नपुगेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोरोना माहामारीकाबीचमा प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले बिरामीको उपचारमा सहजताका लागि रक्तदान गरिएको तरुणदलका क्षेत्रिय सभापति सम्पूर्ण ताम्राकारले बताउनुभयो ।
भारतीय बुलेटले ग १ ख ७१०७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको रावलले बताउनुभयो । रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टिकरण सोधिएको छ ।
परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो
राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।
लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।