Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


धनकुटामा असार ३ गतेसम्म निषेधाज्ञा थप

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएपछि निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

एनसेलद्वारा १९ देशमा गरिने कल शुल्कमा परिमार्जन

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार १८ देशहरूको शुल्क प्रति मिनेट रु ३० र माल्दिभ्सको ३० दशमलव ६५ निर्धारण भएको छ ।

निषेधाज्ञाको चरम मारमा चितवनका चेपाङ, खाद्यान्न सकिएपछि छिप्पिएका गिठ्ठाको भरमा गुजारा

उक्त क्षेत्रका जिङलाउ, गोदारा, ताङकुम, नान्दार, पाइमाराङ, घैराङ, दमियोडाँडा बाँसपानी लगायत क्षेत्रका चेपाङहरूको अवस्था दयनिय रहेको भन्दै चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बढ्दो भोकमरीमा चेपाङलाई बचाउन आग्रह गर्नुभएको छ

जुवाखालबाट पक्राउ परेका पाँचसहित छ जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

एक किशोरीले ६ जनाले आफूलाई बन्धक बनाइ जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरूमाथि जवरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जयश्वर रिमालले जानकारी

अहिले नै निषेधाज्ञा खुकुलो बनाउनु जायज हो ? (अन्तर्वार्ता)

आर्थिक वर्षको अन्त्यमा संक्रमितको संख्या घटेकाले निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी रहे पनि संक्रमणको जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

कम्युनिष्ट शासन पतनपछि मंगोलियामा छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन

राष्ट्रपतिका उम्मेदवारहरूमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख चुनावी मैदानमा हुनुहुन्छ । खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रूपमा डेमोक्रेटिक पार्टीका सोड्नो जुन दुइन एर्डिन रहनुभएको छ ।

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ

भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

मदिरा बेच्दै कोभिड संक्रमित, १ सय २० लिटर नष्ट

नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।

अमेरिकाद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध कायमै

यद्यपि जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । सीडीसीले यात्रा गर्न सकिने देशहरूको सूचीमा परिवर्तन गर्दै केही खुकुलो