Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


काठमाडौंमा क्वाँटी दिवस मनाइयो, परम्परागत खानाको प्रवर्द्धन गरेको दाबी (भिडियोसहित)

यस दिन ९ थरीका गेडागुडीलाई भिजाइ टुसा उमारेर पकाएर झोल खाने चलन चलिआएको छ । यहि परम्परागत खाना क्वाँटीको प्रवर्द्धनका लागि भन्दै काठमाडौंस्थित एक होटलमा क्वाँटी दिवस मनाइयो ।

अपहरण गरी भारत पुर्‍याइएका दुई युवकको उद्धार

अपहरणबाट उनीहरूका आफन्तले प्रहरी कार्यालयमा खबर गरेपछि मकवानपुर प्रहरीको सक्रियतामा पर्सा प्रहरी र भारतीय प्रहरी टोलीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।

देशभर थप १९ सय २० जनामा कोरोना संक्रमण, २२ सय ४८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

बेलायती पूर्वप्रधानमन्त्रीद्वारा बाइडेनकाे आलाेचना

आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।

किसानको मोह अकबरे खुर्सानीमा

परम्परगत रूपमा गर्दै आएको खेतीले जीविकोपार्ज गर्न धौ–धौ भएको अवस्थामा खुर्सानी खेतीले जीवन स्तर सुधार भएको किसानले बताएका छन् ।

विद्यार्थीलाई खोप लगाउने क्रम जारी, केन्द्रमा लामवद्ध ४० वर्षका नागरिक

४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको हो ।

सोलुखुम्बुमा ठ्याक्कै मिल्यो ‘काम गर्ने कालु, मकै खाने भालु’, भालु खेद्न रातभर जागै बस्छन् किसान

भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो बनाएर आगो बाली भालु लखेट्न थालेको तामाखानीका स्थानीय कृषक चेतबहादर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपरेको किसानको गुनासो छ ।

माेटरसाइकल दुर्घटनामा साेलुखुम्बुका एक पत्रकारको मृत्यु

सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

ओरालो लाग्यो सुनचाँदीको भाउ

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९० हजार ९ सयमा कारोबार भेरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पत्रकार फसाउन प्रहरीकै जाल, सिसिटिभी क्यामरामा सबै कैद

होटलमा खाजा खान बोलाएर घुमुवा प्रहरीले नै रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध ‘नाइट्राभेट’ राख्न लगाएर पक्राउ गरेको खुलासा भएको हो ।