
बिहीबार राजधानीमा आज एक कार्यक्रमको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको फुटसल समितिले इरान जाने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरेको हो ।
आगामी असोज २९ गतेदेखि सुरु हुने छनोट प्रतियोगितामा नेपालले उज्वेकिस्तान, कीर्गिस्तान र तुर्केमिनिस्तानको सामना गर्नेछ ।
एक महिनाअघि राष्ट्रिय फुटसल प्रतियोगिता गर्दै एन्फा फुटसल समितिले १५ सदस्य राष्ट्रिय टोली तयार गरेको थियो ।
यसैबीच, नेपाली राष्ट्रिय फुटसल टोलीलाई खेल पोसाक तथा सामग्री उत्पादक कम्पनी जर्सी पसल नेपाल प्रालिले तीन वर्षका लागि करिब ३० लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ ।
फुटसल टोलीलाई वार्षिक १० लाख बराबरको पोसाक तथा सामग्री प्रायोजन गर्ने सम्झौतापत्रमा बिहीबार एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्र श्रेष्ठ र जर्सी पसल नेपालका कार्यकारी अधिकृत कृष्णप्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्