
हङकङको मिसन ग्राउन्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए ।
उनकाअनुसार शरदको स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब ११ वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो ।
यसअघि, नेपालले सन् २००४ र २००५ को एसिसी फास्टट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो ।
अंकतालिकामा नेपाल छैटौं र हङकङ पाँचौं स्थानमा छन् । जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपालले शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको ८ तथा हङकङको ११ अंक छ । रासस
प्रतिक्रिया दिनुहोस्