
नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।
तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरैमात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ ।
‘क्यारियर’वालाले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगन्ज, कलैयालगायतका नेपाली बजारसम्म पुर्याएरवापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौंसम्म पुर्याएवापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको वीरगन्जको मीनाबजारमा भेटिएका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा राससलाई बताएका छन् ।
ती ‘क्यारियर’वालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् ।
अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् । तर, सीमा नाकामा प्रहरीले भेट्टाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् ।
खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जिप, कार, टाँगाजस्ता गाडीमा पटका लुकाइछिपाइ ल्याउने गरेको देखिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्