२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘म्याच फिक्सिङ’को अनुसन्धान गर्ने सर्वेन्द्र खनाल एएफसीबाट सम्मानित


0
Shares

खनालले महानगरीय अपराध महाशाखाको प्रमुख रहँदा ‘फुटबल म्याच फिक्सिङ’को क्षेत्रमा विशेष काम गरेको भन्दै ‘एसियन फुटबल कन्फिडेरेसन’ले मलेसियाको क्वालालाम्पुरमा सम्मान गरेको हो ।

खनाललाई एएफसीका महासचिव डाटो विन्डसोर जोनले सम्मान गरेका हुन् । खनालसँगै प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकसमेत सम्मानित भएका छन् ।

पुरस्कार प्रदान गर्दै महासचिव जोनले नेपाल पुलिसले खेल क्षेत्रमा गरेको अनुुसन्धानले एसियन फुटबल क्लबलाई अनुशासन कायम राख्न ठूलो सहयोग पुगेको बताउँदै सम्मान गरिएको एएफसीले जनाएको छ ।

खनाल अपराध महाशाखामा हुँदा ‘म्याच फिक्सिङ’ गरेको भन्दै खेलाडीहरू विकास क्षेत्री, सन्दीप राई, रीतेश थापा र सागर थापालाई पक्राउ गरेका थिए । रासस