२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ५७८७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको को२४प ९८८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा–६ का ४२ वर्षीय पुरण मन्डलको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते मन्डलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । रासस