
शनिबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुसँग राष्ट्रपति भण्डारीले छलफल गरेकी हुन् ।
त्यसक्रममा निर्वाचन आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद विस्तार आचारसंहिताविपरीत भएपनि नयाँ घटना नभएको बताएका थिए ।
राष्ट्रपतिसँगको भेटवार्तापछि प्रमुख निर्वाचन आयुक्त डा. यादवले मन्त्रिहरुको शपथ गराउने या नगराउने भन्ने विषयमा आयोगले कुनै निर्णय गर्न नसक्ने बताए ।
उनले यस विषयमा स्वयं राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताए ।
निर्वाचनलाई प्रतिकूल प्रभाव नपरोस् भन्ने आयोगको चाहना रहेको उनको भनाइ थियो ।
राष्ट्रपतिसँगको भेटवार्तामा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारीलगायतका विषयमासमेत जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्