 
	    मनिष गुप्ता/ईमेज:
कपिलवस्तु, असार १७ । चन्द्रौटाको एक होटलबाट शनिबार राती २२ किलो चरेससहित ३ जना पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति ११ बजे होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका १ बस्ने बर्ष ३९ का राजबहादुर रोका मगर, दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३७ बर्षीय आशिष खड्का तथा सोही ठाउँ बस्ने ३८ बर्षीय किरण प्रकाश बम रहेका छन ।
नियन्त्रणमा लिएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाइएको प्रहरी जनाएको छ ।
खोजतलासका क्रममा २२ किलो तौल रहेको ४४ थान कालोबस्तु र अशिष थापाको नाममा रहेको १ सय ५० सीसीको एक थान मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्