
आयोगले यही असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी दाबी गर्दै हिँड्ने विनोद थापालाई पाँच लाख घूससहित पक्राउ गरेको थियो ।
पक्राउ परेका भाटले आयोगसँगको बयानमा प्रहरी नायब उपरीक्षक भन्डारीको पनि संलग्नता रहेको बताएपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता जीवराज कोइरालाले घूस प्रकरणमा नाम जोडिएपछि सोधपुछका लागि बोलाइएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्