
कपिलवस्तु । लागूऔषध खैरो हेरोइन र चरेससहित कपिलबस्तु प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ ग्राम चेतराका २७ वर्षीय मुकेश चौरसिया छन् ।
उनको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेश बरामद गरेको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ कृष्णनगरबाट यु पी ५५ आर ७५२० नं.को मोटरसाइकलमा गोरुसिंगेतर्फ जाँदै गरेको बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्