३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


घुस माग्दा–माग्दै पक्राउ परेका अदालतका नासु खत्रीविरुद्ध मुद्दा दायर


0
Shares

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा खत्रीले अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनका लागि रु एक लाख २५ हजार घुस माग्दा-माग्दै केही दिन पहिले कार्यथलोमा नै पक्राउ परेका थिए ।

आयोगको टोलीले नायब सुब्बा खत्रीलाई घूस रकमसहित पक्राउ गरेको थियो । आयोगले बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

यस्तै, आयोगले आन्तरिक राजश्व विभाग जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर रामकिशोर महत्तोलाई रु ३२ हजार घुस लिँदालिँदै नापी कार्यालयबाट पक्राउ गरेको छ ।

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदन कार्यान्वयन गर्ने बहानामा कम्प्युटर अधिकृत महत्तोले घुस मागेको आयोगले जनाएको छ । रासस