२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च


0
Shares

पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासदलाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख खर्च हुँदैछ ।

पहिचान अंकित लोगो बनाउनमात्रै ५४ लाख ७२ हजार लाग्ने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै पूर्वसभासदलाई एक महिनाको पारिश्रमिकबराबरको बाटो खर्च उपलब्ध गराउँदा झण्डै तीन करोड २६ लाख ४० हजार चाहिन्छ ।

संसद सचिवालयले पहिलो र दोस्रो संविधानसभाका सभासदलाई फिर्ता गर्नु नपर्नेगरी पहिचानअंकित लोगो उपलब्ध गराउने भएको छ । –नयाँ पत्रिका दैनिकबाट