२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गोरु काटेर खाने दुईजना पुर्पक्षका लागि कारागार चलान


0
Shares

लालीगुराँस नगरपालिका–५ दाँगपाका २८ वर्षीय प्रेमछिरि शेर्पा र छथर गाउँपालिका–६ सुदापका ४२ वर्षीय फुर्तुङ शेर्पालाई तत्कालका लागि कारागार चलान गरिएको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको अनुपस्थितिमा श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले सोमबार उनीहरुलाई कारागार चलान गरेका हुन् ।

आरोपितद्वयलाई प्रहरीले बडादसैंको फूलपातीको दिन लालीगुराँस नगरपालिका–५ दाँगपास्थित ढुंगेको जंगलमा गोरु काटेर घरमा लगी खाएको आरोपमा पक्राउ गरेको थियो ।

गोरु काट्ने मुख्य व्यक्ति मानिएका २५ वर्षीय पासाङ शेर्पा भने फरार रहेको प्रहरीले जनाएको छ ।