१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जुवातास विरुद्ध प्रहरीको अभियान, विभिन्न स्थानबाट धमाधम पक्राउ


0
Shares

यसैक्रममा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित शिवम् बानियाको घरमा जुवातास खेलिरहेको अबस्थामा नगद १ लाख १४ हजार ४ सय २५ रुपैयाँ र २२ बुक तास सहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१६ दिपस्थित सानु शाहीको कोठामा तास खेलिरहेको अवस्थामा निज शाही लगायत ४ जनालाई नगद २ लाख १ हजार ७ सय ३५ रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

उता, मोरङको बिराटनगर महानगरपालिका–५ जामुनगाछी बस्ने बुद्धहर्क लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा निज लावती समेत १९ जनालाई नगद ८९ हजार २ सय २० रुपैयाँ, भारतीय रुपैयाँ ५ सय, कौडा १६ पिस र ३ बुक ताससहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी बिराटनगर महानगरपालिका–१७ स्थित रघुपति लाईनक्वाटर बस्ने निरज श्रेष्ठको घरमा अबैध जुवातास खेलिरहेको अवस्थामा विराटनगर–१६ बस्ने ४२ वर्षीय पुर्णकुमार डंगोल समेत १७ जनालाई नगद २ लाख ४२ हजार १ सय ८२ रुपैयाँ र तास ३ बुक सहित बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–११ मा जुवातास खेलिरेहेको अवस्थामा नगद २ लाख ७२ हजार ९ सय ८० रुपैयाँ, जुवामा पैसाको रुपमा प्रयोग गरिने क्वाईन ५० लेखिएको ३० थान, १ सय लेखिएको २९ थान, कौडा ३२ थान, तास ६ सय ८७ पिस, मोबाईल २१ थान, बैंकको चेक १ ठेली र जुवाजन्य सामान सहित २० जनालाई तथा रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट कौडा १६ थान र नगद ८६ हजार रुपैयाँ सहित १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानस्थित डिल्लीबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अबस्थामा नगद २४ हजार ८ सय २५ रुपैयाँ र कौडा १६ थान सहित सिद्धिचरन नगरपालिका–३ बस्ने २६ वर्षीय रमेश गुरुङ समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित दिलिपकुमार भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा ८ जनालाई कौडा १६ वटा र नगद १ लाख ३ हजार ७ सय २५ रुपैयाँ सहित प्रहरीले गएराति पक्राउ गरेको छ ।