यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको तेस्रो जित • Image Khabar Image Khabar


यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको तेस्रो जित


Imagekhabar
४ कार्तिक २०७४, शनिबार ०७:०९

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको तेस्रो जित

लण्डनस्थित वेष्ट ह्याम युनाईटेडको मैदानमा गएराति भएको खेलमा ब्राईटनलाई विजयी गराउन ग्लेन मरेले दुई तथा होजेले एक गोल गरे ।

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको यो तेस्रो जित हो । ९ खेलबाट ११ अंक जोडेको ब्राईटन अंक तालिकाको दशौं स्थानमा छ ।

इंग्लिश प्रिमियर लिगमा आज राति ७ खेल हुनेछन् । आज शीर्ष क्लवहरु चेल्सीले वाट्फोर्डसँग, म्यान्चेस्टर युनाईटेडले हडर्सफिल्डसँग तथा म्यान्चेस्टर सिटीले बर्नलेसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्