२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अपहरित भारतीय व्यापारी मुक्त, तीनजना पक्राउ


0
Shares

अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

कन्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत् सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ ।

उनको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कन्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नम्बर–६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर–७ का पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाको साथबाट दुईथान कटुवा पेस्तोल र अपहरण गर्नेक्रममा प्रयोग भएको डीएल ३ सीएए ८९५६ नम्बरको भारतीय कारसमेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले शनिबार एक पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरीक्षक सिंहले बताए ।

व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कन्चनरुप नगरपालिका–८ स्थित व्यस्त सडकबाटै अपहरण भएको थियो । रासस