भारतीय ब्यापारी शारदा ८ दिनपछि अपहरण मुक्त, तीन अपहरणकारी पक्राउ • Image Khabar Image Khabar


भारतीय ब्यापारी शारदा ८ दिनपछि अपहरण मुक्त, तीन अपहरणकारी पक्राउ


Imagekhabar
५ कार्तिक २०७४, आईतवार १३:००

भारतीय ब्यापारी शारदा ८ दिनपछि अपहरण मुक्त, तीन अपहरणकारी पक्राउ

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानको कमाण्डमा खटिएको टोलीले शनिबार राति कंचनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरमा अपहरणकारीले बन्धक बनाई राखेको अवस्थामा शारदाको सकुशल उद्धार गरेको हो ।

भारतको बिहार राज्यको सुपौल जिल्ला, भीमनगर ग्राम पंचायत वडा नं. १० निवासी कपडा ब्यवसायी ३३ वर्षीय शारदा ताकेताको शिलशिलामा कंचनरुप नगरपालिका आएका बेला अपहरणमा परेका थिए । शारदाको अपहरणमा संलग्न ३ जनालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका वार्ड नं. ४ बस्ने २८ वर्षीय अम्बरनाथ विश्वास, वडा ७ बस्ने २६ वर्षीय पशुपति भन्ने पुस्कर महतो र वडा ६ बस्ने २८ वर्षीय शैलेन्द्र गुप्ता छन् ।

भारतीय ब्यापारी शारदा ८ दिनपछि अपहरण मुक्त, तीन अपहरणकारी पक्राउ

उनीहरु पेशेवर अपराधी भएको तथा जिल्लामा यसअघि भएका आधा दर्जन आपराधिक घटनामा संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको एसपी मुकेश सिंहले बताए । प्रहरीले उनीहरुको साथबाट अपहरणको क्रममा प्रयोग गरिएको २ नाल भएको कटुवा पेस्तोल २ थान र भारतीय डि.एल. 3CAA-8956 नम्बरको सेन्ट्रो कार समेत बरामद गरेको छ ।

भारतको भीमनगरमा चन्द्रिका बस्त्रालय पसल सञ्चालन गर्दै आएका शारदा परिवारसँग ३ करोड रुपैयाँ फिरौती असुल्ने र आपसमा एक–एक करोड रुपैयाँ बाडँफाँड गर्ने योजनासहित विश्वास, महतो र गुप्ताले अपहरण गरेको अनुसन्धानको क्रममा खुलेको पत्रकार सम्मेलनमा एसपी सिंहले जानकारी दिए ।

‘अपहरण गरी शारदाको आफन्तसँग ३ करोड रुपैयाँ माग गर्ने र त्यसपछि एक–एक करोड रुपैयाँ आपसमा बाँड्ने सहमतिसहित ब्यापारी शारदाको अपहरण गरिएको थियो,’ एसपी सिंहले भने, ‘तर प्रहरी सक्रियताले उनीहरुको योजना विफल बन्यो ।’

अपहरणकारीले आफन्तसँग फिरौती माग गर्ने उद्देश्यले बन्धक बनाइएका शारदासँग पटक–पटक अभिभावकको मोवाईल नम्बर मागिए पनि आलटाल गर्ने गरेको कारण ३ करोड फिरौती माग्ने काममा अपहरणकारीको तर्पmबाट ढिलाई भएको एसपी सिंहले बताए ।

भारतीय ब्यापारी शारदा ८ दिनपछि अपहरण मुक्त, तीन अपहरणकारी पक्राउ

‘३ करोड रुपैयाँ असुल्नैका लागि अपहरणको योजना बुनेको अपराध गर्नेले पनि बयानको क्रममा स्वीकारेका छन्,’ एसपी सिंहले भने, ‘ठूलो रकम असूल्ने योजना सफल बनाउन एक महिना अघिदेखि नै उनीहरुले ब्यापारी शारदामाथि निगरानी बढाएका थिए ।

‘आईतबार भारतमा सार्वजनिक बिदा रहने र शारदा बिदाकै दिन ताकेताका लागि कंचनरुप आउने गरेको अपहरणकारीलाई थाहा थियो,’ एसपी सिंहले भने, ‘पूर्व योजनानुसार नै सो दिन भारतबाट अपहरणका लागि प्रयोग गर्न गाडी समेत झिकाएर उनीहरुले सबै तयारी पुरा गरेका थिए ।’

शारदालाई बन्धक बनाएर राखिएको घरका धनी अम्बरबहादुर मगर भने सम्पर्कमा आउन नसकेको र उनको खोजतलाश भइरहेको एसपी सिंहले जानकारी दिए ।

शारदाको अपहरण भएको भोलिपल्टै आफन्तले भीमनगर थानामा उजुरी दिएका थिए । आफन्तले ब्यापारको शिलशिलामा नेपाल गएको र उतै बेपत्ता भएको बताएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई सहयोगका लागि अनुरोध गरेको थियो । अपहरणमुक्त ब्यापारी शारदाले आफूसँग भएको १ थान मोवाईल र १२ हजार भारतीय रुपैयाँ अपहरणकारीले खोसे पनि बाँच्न र मुक्त हुन सफल भएकोमा नेपाल प्रहरीप्रति आभार ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्