
विदेशमन्त्री टिलर्सनले आइएसविरुद्धको लडाइँ अन्त्यतिर पुगेको भन्दै अब इरान समर्थित लडाकू फिर्ता हुनुपर्ने बताएका हुन् । उनले लडाकुहरु इराकी सेनामा समायोजन हुनुपर्ने वा घर फिर्ता हुनुपर्ने दुईवटा विकल्प अघि सारेका छन् ।
आइएसविरुद्ध लडाइँ गर्दै आएका लडाकुका इरानी प्रायोजकहरुले पनि इराक छाड्नुपर्ने टिलर्सनको भनाइ छ ।
कतार र साउदी अरेबियाको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनको पछिल्लो भनाइ आएको हो । मध्यपूर्वमा इरानको प्रभाव मत्थर पार्ने प्रयासमा टिलर्सनको भ्रमण केन्द्रित रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति झन् कडा नीति अवलम्बन गर्ने घोषणा गरेपछि टिलर्सनले कतार र साउदी अरेबियाको भ्रमण गरेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्