तीन दिनअघि बेपत्ता बालकको शव दुई टुक्रा पारिएको अवस्थामा फेला • Image Khabar Image Khabar


तीन दिनअघि बेपत्ता बालकको शव दुई टुक्रा पारिएको अवस्थामा फेला


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १२:२३

तीन दिनअघि बेपत्ता बालकको शव दुई टुक्रा पारिएको अवस्थामा फेला

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र सोमबार बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

बालकको कसले र किन हत्या गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्