२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


घुससहित तीनजना नासु एकैथलोबाट समातिए


0
Shares

सेवाग्राहीसँग २० हजार रकम घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

घुससहित पक्राउ पर्नेमा मुख्य नाइके भनिएका हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदी रहेका छन् ।

उनीहरुलाई अख्तियारका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल नेतृत्वको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका नासुहरुले नागरिकताको मिति सच्याउन आएका सुनसरी, बराहा नगरपालिकाका प्रकाश भट्टराईसँग २० हजार रकम दिएमात्र नागरिताको जन्ममिति सच्याइदिने भन्दै रकम असुल गरेका अख्तियारले जनाएको छ ।