१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान


0
Shares

उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।

क्याटालानलाई दिएका के–कति अधिकारहरु फिर्ता लिने भन्नेबारेमा स्पेनको संसदमा छलफल हुनेछ ।

स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिएका थिए ।

साथै, त्यहाँको संसदलाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरु कटौती गर्ने योजना पनि स्पेन सरकारको रहेको उनले बताएका थिए ।

उता, क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसदको बैठक बोलाएको छ ।

स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकोले अगावै यो बैठक बोलाएको पाइएको छ ।

स्पेनको संसद सिनेटभन्दा एक दिनअगाडि नै अर्थात् विहीबार नै बैठक बस्ने घोषणा उक्त क्षेत्रीय सरकारले गरेको जनाइएको छ ।

सो क्याटालान संसदमा स्पेनको केन्द्रीय संसदले आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमकाविरुद्धमा अथवा सो कदमप्रति के–कस्तो गृहकार्य गर्ने भन्नेबारेमा त्यस बैठकमा छलफल गरिने बताइएको छ ।

क्याटालान क्षेत्रीय संसद र स्पेन सरकारकाबीचमा पछिल्लो यस समयमा शक्ति संघर्ष जारी नै रहेका बेला क्याटालान संसदले नै एकतर्फीरुपमा स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानका समाचारहरु पनि आइ नै रहेका छन् ।

त्यसैले पनि अहिले क्याटालान स्वतन्त्रताको पक्षमा रहेका पृथकतावादी नेताहरुले भने स्पेनको केन्द्रीय सरकारले दिने कुनैपनि आदेश पालना नगर्ने अथवा शान्तिपूर्ण अवज्ञा गर्ने योजना बनाएको पनि बताएका छन् ।

केन्द्र सरकार क्याटालान जनताको चाहनाविपरीत लागेको आरोप पनि लगाइएको बताइएको छ । त्यसैले यी सबै विषयहरुमा विहीबार बैठक बसेर क्याटालान संसदले आफ्नो योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।

साथै, स्वतन्त्रताका पक्षधर नेताहरुले एकतर्फीरुपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अनुमोदन गर्नसक्ने गरी निर्णय लिनसक्नेबारेमा व्यापक समाचारहरु आएका छन् । रासस/एएफपी