
विभागले मंगलबार आएको ६.६ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।
स्थानीय समयअनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेंगुुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए ।
भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको,उनले सिन्ह्वा न्युज एजेन्सीलाई टेलिफोनमार्फत बताए । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्