चेल्सीद्वारा एभर्टन पराजित,एन्टोनियो रुडिगर र विलियनले गरे गोल • Image Khabar Image Khabar


चेल्सीद्वारा एभर्टन पराजित,एन्टोनियो रुडिगर र विलियनले गरे गोल


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार ०६:५९

चेल्सीद्वारा एभर्टन पराजित,एन्टोनियो रुडिगर र विलियनले गरे गोल

चेल्सीको मैदानमा भएको चौथो चरणको खेलमा घरेलु टोलीलाई २÷१ ले विजयी गराउन एन्टोनियो रुडिगर र विलियनले एक–एक गोल गरे ।

एभर्टनका काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए । लिग कपअन्तर्गतकै अर्को खेमला टोटनह्याम हट्सपर भने पराजित भएको छ ।

टोटनह्यामलाई लण्डन शहरकै प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाईटेडले ३÷२ ले हराएको हो । खेलमा टोटनह्यामका सिसोको र डेले अलीले सुरुवाती दुई गोल गरे ।

तर वेष्ट ह्यामका आन्द्रे आयुले दुई तथा ओग्बोनाले एक गोल गरेपछि टोली विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्