२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लागुऔषधसहित दुई महिला र एक पुरुष पक्राउ


0
Shares

पक्राउ पर्नेमा सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीका ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृतिटोलका ३१ वर्षीय गौतम गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट एक हजार पिस अर्थात् ९५० पत्ता लागुऔषध नाइट्रोजन चक्की बरामद गरेको हो ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोरियाले बताए । रासस