
बा३ख ९६९० नम्बरको यात्रीबाहक बस र बा१ज ३८०८ नम्बरको ट्याक्सी एकापसमा ठोक्किँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो ।
बुधबार राति तीव्रगतिमा गुडेको ट्याक्सी र बस ठोक्किँदा पैदलयात्री माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजानेक्रममा मृत्यु भएको थियो ।
महोत्तरीका उद्धव पौडेल र नाम नखुलेका अर्का व्यक्ति घाइते भएका छन् ।
घाइतेको ग्रीन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्