रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड • Image Khabar Image Khabar


रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार ०७:१०

रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड

उपाधि दावेदार रियाल मड्रिडले तेस्रो डिभिजनको प्रतिद्वन्द्वी फुन्लाब्रादा विरुद्धको पहिलो लेगको खेल २-० ले जित्यो ।

रियाल मड्रिडले दुबै गोल दोस्रो हाफमा पाएको दुई वटा पेनाल्टी अवसरमा गरेको थियो । रियालका लागि मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरेका हुन् ।

खेलमा फुन्लाब्रादाका क्यान्डेला पास्कल र रियाल मड्रिडका भालेयोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । दोस्रो लेगको खेल नोभेम्बर २९ मा रियाल मड्रिडको मैदानमा हुनेछ ।

स्पेनिस कपकै अन्य खेलहरुमा रियाल सोसीडाड, लास पाल्मास र लेभान्ते पनि विजयी भएका छन् ।

बार्सीलोनाले भने यसअघि नैं रियाल मुर्सीयालाई ३-० ले हराँउदै उपाधि यात्रा सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्