२२ महिला क्रिकेट खेलाडी छानिए • Image Khabar Image Khabar


२२ महिला क्रिकेट खेलाडी छानिए


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १९:१८

२२ महिला क्रिकेट खेलाडी छानिए

नेपालभरबाट सहभागी ४४ खेलाडीबाट प्रदर्शनका आधारमा शुक्रबार २२ जना खेलाडी छानिएको हो ।

गत मंगलबारदेखि बिहीबारसम्म तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा गरिएको छनोटबाट २२ खेलाडी छानिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि, नेपालका मुख्य प्रशिक्षक जगत टमाटा, महिला क्रिकेट टिमका प्रशिक्षक सामसनजंग थापा र नेपाली टिमकी कप्तान रुबिना क्षत्रीको टिमले खेलाडीहरु छनोट गरेको हो ।

छानिएका खेलाडीहरुमा रुबिनासँगै सीता रानामगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा, करुणा भण्डारी, सोनु खड्का र शोभा आले छन् ।

त्यसैगरी, नितु भण्डारी, अलिश क्षत्री, कविता कुँवर, बिनु बूढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सबनम राई छानिएका छन् ।

बन्द प्रशिक्षणमा राखिएपछि २२ खेलाडीबाट १४ जनाको अन्तिम टोली बनाइने पनि जनाइएको छ ।

थाइल्यान्डको बैंककमा आगामी मंसिर ४ गतेदेखि हुने टी–२० छनोटमा नेपालसहित आयोजक थाइल्यान्ड, हङकङ, युएई, मलेसिया र चीन भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्