रुकुमका यातायात व्यवसायीले मनपरी भाडा असुलेको गुनासो • Image Khabar Image Khabar


रुकुमका यातायात व्यवसायीले मनपरी भाडा असुलेको गुनासो


Imagekhabar
११ कार्तिक २०७४, शनिबार १०:५३

रुकुमका यातायात व्यवसायीले मनपरी भाडा असुलेको गुनासो

निर्वाचन आएको मौका छोपेर यातायात व्यवसायीले सरकारले निर्धारण गरेको भन्दै बढी भाडा असुल गरेको गुनासो यात्रुले गरेका छन् ।

व्यवसायीहरुले क्षमताभन्दा बढी यात्रु राखेर यातायात सञ्चालन गरेको गुनासोसमेत आउने गरेको छ । बसको छतमा समेत यात्रु राखेर यात्रा गराउँदा जोखिम बढेको यात्रुले गुनासो गरेका हुन् ।

कम मात्र यातायात सञ्चालन हुने भएकाले व्यवसायीले त्यसैको मौका छोपेर बढी भाडा असुल गर्दै जोखिमपूर्ण यात्रा गराउन बाध्य बनाएका हुन् ।

पश्चिम रुकुमअन्तर्गत रिम्ना–डोल्पा सडकखण्डको छेपारे हुँदै राडीज्यूला सडक खण्डमा चल्ने सवारीसाधन, मुसिकोट-राडी सडक खण्ड, मुसिकोट–रुकुमकोट सडक खण्ड र मुसिकोट-सिम्ली चौरजहारी सडक खण्डमा चल्ने यातायातका साधनले सर्वसाधारणलाई सवारी साधनको भाडादरमा ठगी गर्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्