त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते १६ जनाको उद्दार • Image Khabar Image Khabar


त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते १६ जनाको उद्दार


Imagekhabar
११ कार्तिक २०७४, शनिबार १२:१९

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते १६ जनाको उद्दार

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले १९ जनाको शव निकालेका छन् ।

मृतकमध्ये सात महिला, तीन बालक र एक बालिका र आठ पुरुष छन् । दुर्घटनालगत्तै १६ जना घाइतेको उद्दार गरिएको छ ।

घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने एकीन हुन सकेको छैन । करिब ५० जना बसमा चढेको अनुमान गरिएको छ ।

बसमा रहेका अझै केही बेपत्ता छन् । दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको उद्धार टोली परिचालित छ । नदी गहिरो भएको र बस खोंचमा झरेका कारण उद्धार कार्य कठिन भएको छ ।

प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो ।

हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रुहरुले बताएका छन् । उनीहरुका अनुसार छत र बसभित्र गरेर ५० जनाभन्दा बढी यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्