३० असार २०८२, सोमबार | Tue Jul 15 2025


बस दुर्घटनामा एकै परिवारका पाँचजनाको मृत्यु, सप्तरी शोकमग्न


0
Shares

दीपावली र छठपर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सन्चालन हुन्छ भनेर घरबाट काठमाडौं हिँडेका सन्जीतकुमार झासहित परिवारका पाँचजनाको शनिबार बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूली नदीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताए ।

राष्ट्रिय वाणिज्य बैंक, गौशाला शाखा काठमाडौंमा प्रबन्धककारूपमा कार्यरत् झासहित उनकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए ।

सन्जीतका परिवारका पाँचजना र साला र सालीको पनि मृत्यु भएको हो ।

उनीहरू राजविराजबाट छुटेको ना६ख १४६७ नम्बरको सन्देश बसमा चढेर जाँदैगर्दा शनिबार बिहान त्रिशूलीमा खसेपछि बसमा सवार सन्जीत, उनका भाइ, पत्नी, दुई छोरा र साला–साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् ।

अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ । रासस