
राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको यात्रीबस शनिवार त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा सप्तरीका मात्रै २६ जनाको मृत्यु थियो भने दुई जना अझै वेपत्ता छन् ।
सप्तरी जिल्लाको तिलाठी, राजविराज, देउरी भरुवा, मानराजा, बोदेवरसाईन, शम्भुनाथ, कृष्णाशवरणका २६ जनाको मृत्यु भएको हो । तिलाठीका तीन वर्षीय प्रतिक झा र २० वर्षीय पूजा झा अझै वेपत्ता छन् ।
सञ्जितकुमार झा, मञ्जितकुमार झा, सिम्मीकुमारी झा, अभिनव झा, आदित्य झा, चन्द्रवती देवी झाको शव सप्तरीमा पुर्याइएको छ । यस्तै, चित्ररेखा प्रमाणी, चन्द्ररेखा प्रमाणी, चित्रलेखा प्रमाणी, रेखा प्रमाणी, नरेश मुखिया, समीक्षाकुमारी यादव, आशिकीकुमारी यादव, मानी यादव, पशुपति चौधरी, ऋषिआनन्द देव, पार्वती चौधरी, सुदिप चौधरी, सुशान्त चौधरी, रामानन्द यादव, प्रमोद ईशर, सुधीरकुमार यादव र समीक्षा यादवको शव सप्तरी पुर्याइएको हो ।
उनीहरुको सामूहिक रुपमा सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा आजै अन्त्येष्टि गरिँदैछ । धादिङको गजुरीमा भएको दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्