२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बिर्तामोडमा १२ घन्टाका लागि कर्फ्यू  हट्यो


0
Shares

इलाका प्रहरी कार्यालय अनारमनीमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घन्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिए । प्रजिअ तिवारीले भने, ‘भोलि अवस्था हरेर कर्फ्यू लगाउने/नलगाउने विषयमा थप निर्णय गरिनेछ ।’

शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई चार किल्ला कायम गरी प्रशासनले कर्फ्यू लगाएको थियो ।

त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ ।

टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवका प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुंगिन केही समय लाग्ने बताए । उनले टोलीको अनुसन्धानलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

‘अहिले अनुसन्धान प्रारम्भिक चरणको तथ्यांक संकलनमा केन्द्रित छ’, उनले भने, ‘सबै कुराको अध्ययन अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्छौँ ।’ रासस