पूर्व-पश्चिम राजमार्गअन्तर्गतको अमुवा पुल खतरामा • Image Khabar Image Khabar


पूर्व-पश्चिम राजमार्गअन्तर्गतको अमुवा पुल खतरामा


Imagekhabar
१४ कार्तिक २०७४, मंगलवार १२:३०

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको अमुवा पुल खतरामा

गत साउन अन्तिम साता आएको बाढीले पुलको पश्चिमतर्फको भाग भत्किएको थियो । त्यस ठाउँमा बालुवा, गिट्टी र माटो हालेर एकतर्फी यातायात सञ्चालन सञ्चालन गरिएको भए पनि मर्मत गरिएको छैन ।

पुल बिग्रिएको दुई महिनाभन्दा बढी समय भइसक्दासमेत मर्मत नहुँदा पटकपटक सवारी दुर्घटना भइरहेका छन् । तर, मर्मतका लागि सडक विभागलगायत अन्य सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

सर्लाहीमा साउन अन्तिम साता आएको बाढीका कारण दक्षिणी भेगमा बिग्रिएका ग्रामीण सडक पनि अझै मर्मत गरिएको छैन ।

स्थानीय तह निर्वाचनका लागि नेपाली सेनाले सडकको सामान्य स्तरोन्नति गरे पनि त्यसबाहेक अरु निकायले मर्मतका लागि चासो नदिएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

सदरमुकाम मलंगवाबाट पूर्व र पश्चिमतर्फ जाने हुलाकी राजमार्गका साथै नवलपुर–मलंगवा र नयाँरोड–मधुवनी सडकको मर्मत कार्य अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्