Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


वाइडबडी अनियमितता प्रकरण : बाबुराम भन्छन्– नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून्


0
Shares

काठमाडौं, पुस १९ । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेपछि राजनीतिक बृत्तमा यसले निकै चर्चा पाएको छ ।

सर्वसाधारणले समेत यो प्रकरणलाई निकै चासोका साथ हेरेका छन् । यसबारे के–कस्ता कारवाही हुन्छ भन्नेमा आमचासो बढ्दै गएको छ ।

यही परिप्रेक्ष्यमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनियमिततामा संलग्न भएकाहरुलाई नैतिकताका आधारमा राजीनामा गर्न सुझाव दिएका छन् । उनले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’

‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दैै उनले लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो, त्यसपछि त….’