२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


रोहिंग्या शरणार्थी चढेको डुंगा दुर्घटना, ४ जनाको मृत्यु


0
Shares

म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुंगा खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

शाम्लापुर गाँउ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिंग्या शरणार्थीहरु बसोबास गर्दै आईरहेको गाँउ हो ।

गत अगस्टदेखि म्यानमारबाट लाखौ शरणार्थीहरु डुंगाा चढेर बंगलादेशमा शरणार्थी हुन आइपुगेका छन् ।

‘सानो डुंगामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च छालका कारण दुर्घटना भएको हो,’ एकजना स्थानीय प्रहरी प्रमुख अबुल खैरले एएफपीसँग भने ।

उनले दुर्घटना भएलगत्तै उद्धार गर्न जाँदा एकजनाको घटनास्थलमै मृत्यु भएको र अरु ६ जनालाई उद्धार गरेर नजिकैको अस्पतालमा गम्भीर अवस्थामा लगिएकोमा थप तीन जनाको मृत्यु भएको बताए ।

उनका अनुसार पिडितहरु सबै जना म्यानमारको बुथिडाउङ जिल्लाबाट भागेर आएका रोहिंग्या शरणार्थीहरु हुन् । म्यानमारको रखाइन राज्यबाट भाग्नेहरुको संख्या गत अगस्ट २५ देखि अहिलेसम्म ६ लाख पुगेको छ ।

उनीहरु मध्ये अधिकांश स्थलमार्ग हुदै छिमेकीदेखि बंगलादेश आएका छन् भने उनीहरु बसेको शिविरहरुमा हिंसाका कारण बिरामी र घाइतेहरु धेरै रहेका छन् । गत अगस्टदेखि अहिलेसम्म समून्द्रिक मार्गमा २०० भन्दा बढी डुंगा दुर्घटना भैसकेको छ ।

संयुक्त राष्ट्रसंघले म्यानमारको रखाइन राज्यमा हिंसा सुरु भए यता गत अगस्टदेखि अहिलेसम्म ६ लाख ५ हजार रोहिंग्या शरणार्थीहरु बंगलादेश आइपुगेका बताएको छ । (रासस/एएफपी)