ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना, पायलट घाइते • Image Khabar Image Khabar


ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना, पायलट घाइते


Imagekhabar
१६ असार २०७५, शनिबार ०४:४३

ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना, पायलट घाइते

काठमाडौं, असार १६ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार एक हेलिकोप्टर अवतरणकाक्रममा दुर्घटना भएको छ ।

अस्पतालका चिकित्सकहरुलाई लिएर चितवनको भरतपुर जान लागेको सिम्रिक एअरलाइन्सको हेलिकोप्टर अस्पतालको छतमा दुर्घटना भएको हो ।

बिरामी लिएर आउने हेलिकोप्टर अवतरण गर्न अस्पतालको छतमा बनाइएको हेलिप्याडमा बस्न लागेको उक्त हेलिकोप्टर अकस्मात् दुर्घटनामा परेको हो ।

दुर्घटनामा हेलिकोप्टरका एकजना पायलट घाइते भएका छन् ।

दुर्घटनाको कारण खुलेको छैन ।

ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना, पायलट घाइते

प्रतिक्रिया दिनुहोस्