८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


तीन किलो सुनसहित दुई युवक पक्राउ


0
Shares

काठमाडौं, असार १६ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार बिहान ११.३० बजे चेकजाँचकाक्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कन्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एअर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिए ।

सुन कहाँबाट कसरी आयो ? भन्नेबारेमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस