११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


चन्दका जिल्ला इन्चार्जसहित पाँच कार्यकर्तामाथि सार्वजनिक मुद्दा


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जिल्ला इन्चार्ज रामबहादुर चौधरीसहित पाँचजनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिए ।

उनले निर्वाचनविरोधी गतिविधि सन्चालन गर्ने जुनसुकै समूहलाईसमेत नियन्त्रणमा लिने बताए ।

प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट मीन गिरी, तपेन्द्र रसाइली र कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रबाट जिल्ला इन्चार्ज रामबहादुर चौधरी र प्रकाश मल्ललाई पक्राउ गरेको थियो ।

त्यस्तै, बझाङ जिल्ला कार्यसमितिका सदस्य देवराज कठायतलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ । रासस