२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


संसद नहुँदा पनि कर्मचारीलाई ८० प्रतिशत भत्ता, महासचिबको १ लाख ५ हजार !


0
Shares

यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैंयाँ सुविधा उनीहरुले पाउने गरेका छन् । राज्यकोषबाट सचिबालयका कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख ५० हजारभन्दा बढी खर्च हुन्छ ।

गत २८ असोजदेखि संसदको कार्याकाल सकिए पनि आगामी माघ ७ सम्म कर्मचारीले तलबसहित भत्ता र खाना–खाजा खर्चलगायतका सुविधा पाउँनेछन् । यस अवधिमा कर्मचारीको भत्तामा दुई करोड १० लाखभन्दा बढी खर्च हुनेछ ।

सचिबालयमा हाल स्थायी र करार गरी करिब तीन सय कर्मचारी कार्यरत छन् । जसमध्ये २२४ स्थायी कर्मचारीले ८० प्रतिशत भत्ता पाउँछन् ।

महासचिबको मासिक भत्ता ५१ हजार एकसय छ । उनले तलबसहित मासिक एकलाख पाँचहजार भन्दा बढी रकम बुझ्ने गरेका छन् । –नयाँ पत्रिका दैनिकबाट