
रुकुमको बाथिकोटस्थित रत्ना मावि मतदान केन्द्रमा मतपत्र जलाइएको छ । करिब २२५ मतपत्र जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ ।
त्यहाँ मतदान स्थगित भएको छ साथै घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यता, बाजुराको बुडीदन्दा नगरपालिका–८ गोठीमा १२ बजेर ४५ मिनेटमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।
एमालेका कार्यकर्ताले कांग्रेसका युवाहरुलाई खुकुरी प्रहार गर्नुका साथै ढुङ्गामुडा गरेर अन्य केही कार्यकर्ता पनि घाईते बनाएको बाजुरा कांग्रेस जनाएको छ ।
घाईते मध्ये दानबहादुर धामी र फकिर धामीलाई हेलिकप्टरबाट धनगढी तर्फ लगिएको खबर प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्