Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण


0
Shares

महासंघको एक प्रतिनिधिमण्डलले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्णप्रसाद देवकोटालाई भेटेर व्यवसायीका समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले सार्वजनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन र सार्वजनिक खरिद नियमावली, २०६४ को चौथो संशोधन (२०७३) तथा सो अन्तर्गत बनेको नीति नियम विपरीत हुने निर्माण कार्यहरु लगायत अन्य समसामयिक समस्या समाधानका लागि सचिव देवकोटा समक्ष आग्रह गरेको हो ।

विभिन्न सार्वजनिक कार्यालयहरुबाट आह्वान हुने बोलपत्रहरुमा त्रुटी सच्याउने अवधि ५ वर्षसम्म कायम गरी बोलपत्र आह्वान गर्ने गरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन र सार्वजनिक खरिद नियमावली, २०६४ को चौथो संशोधन विपरित ५ वर्षसम्म त्रुटी सच्याउने अवधि राखि आह्वान भएका सम्पूर्ण बोलपत्रहरु सच्याई १ वर्षमात्र कायम गर्ने व्यवस्थाका लागि सम्बन्धित सम्पूर्ण कार्यालयहरुमा निर्देशन गरिदिन महासंघले आग्रह गरेको छ ।

ऐनको भावना विपरित अधिकांश सार्वजनिक निकायहरुले रु. २ करोडभन्दा कम लागत भएका बोलपत्रहमा पनि योग्यता निर्धारण गरी आह्वान गर्ने गरेको कारण अधिकांश साना वर्गका निर्माण व्यवसायीहरु कामबाट बन्चित भई बेरोजागर हुन पुगेका व्यहोरा अवगत गराउँदै महासंघले उक्त ऐन र नियमावलीको मर्म र भावना अनुरुप गर्न गराउनका लागि सम्बन्धित कार्यालयहरुलाई निर्देशन जारी गरिदिन पनि आग्रह गरेको छ ।