२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


पाकिस्तानको पेशावरमा आतंकवादी हमला, ९ जनाको मृत्यु


0
Shares

सहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएका हुन् । हमलामा अन्य ११ जना घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहानै तीन बन्दुकधारी बुर्का लगाएर सो केन्द्रमा प्रवेश गरेका थिए । जवाफी सुरक्षा कारवाहीमा तीनै हमलाकारी मारिएको जनाइएको छ ।

पाकिस्तानी तालिवानले सो हमलाको जिम्मेवारी लिएको छ । प्रहरीका अनुसार हमलामा ८ विद्यार्थी र एक कर्मचारीको मृत्यु भएको छ । (एजेन्सी)