२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


अमेरिकाले गर्‍यो परमाणु आक्रमणको चेतावनी दिने साइरन परीक्षण


0
Shares

उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविकको खतरा बढेका बेला त्यस्तो परीक्षणको थालनी फेरि गरिएको हो ।

प्रशान्त महासागरमा पर्ने हवाईमा सुनामीसहितका प्राकृतिक विपद्को चेतावनी दिने साइरनको मासिक परीक्षण पहिल्यैदेखि गरिँदै आएको छ ।

परमाणु आक्रमणको संकेतको चेतावनी दिने साइरनले फरक किसिमको आवाज निकाल्छ जुन त्यहाँका बासिन्दा र पर्यटकलाई घरभित्र रहन तथा थप निर्देशनको प्रतीक्षा गर्न लगाउँछ ।

हवाईमा सन् १९८० को दशकको अन्तिम वर्षमा पहिलो पटक परमाणु आक्रमणको चेतावनी दिने साइरनको परीक्षण गरिएको थियो । हवाईमा एशिया प्रशान्त क्षेत्रका लागि अमेरिकी सेनाका मुख्यालय रहेका छन् ।

हालै मात्र उत्तर कोरियाले अमेरिकाको जुनसुकै भूभागमा मार हान्न सक्ने नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको दाबी गरेको थियो ।

उत्तर कारियाले हवाईमा २० मिनेटभित्र क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता विकास गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।(एजेन्सी)