
वाम गठबन्धनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ ।
सभासमापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ । पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मन्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।
मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ । शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो । जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनओटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्