
लजमा फेला परेको शव
बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन् । उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएकी थिईन् ।
घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाको मुद्दा फाँटका इन्सपेक्टर कुन्दन देवले बताए ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्