
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका निवासी तामाङलाई सुन सहित सार्वजनिक गरेको हो ।
अभियुक्तले प्रयोग गरेको मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले बताउनुभयो ।
बरामद १७ किलो सुन बजार मूल्य अनुसार ८ करोड ९ लाख बराबर पर्ने प्रहरीले जनाएको छ ।
अभियुक्त तामाङको साथबाट नेपाल र चीनको सिम भएको २ वटा मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्