
बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास सानो प्रेसर कुकर र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
बम राख्ने व्यक्तिको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।
यसैबीच सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ ।
क्षेत्र नं २ की स्वतन्त्र उम्मेदवार उर्फ राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्वरको गाडीभित्र बम विष्फोट भए पनि मानवीय क्षति नभएको डिएसपी थापाले बताए ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्